मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाता शिक्षा प्रभावकारी नहुँदा तनहुँमा ११ हजार बढी मत बदर

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : ०५
मङ्गलबार, २६ मङ्सिर २०७४

तनहुँ-  मतदाता शिक्षा प्रभावकारी नहुँदा तनहुँमा ११ हजार भन्दा बढी मत बदर भएको छ । प्रतिनिधि र प्रदेशसभा गरी ११ हजार २ सय ७५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार २ लाख ११ हजार ३९६ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै १ लाख ३६ हजार २ सय ६१ मत खसेको थियो सोमध्ये प्रतिनिधि सभामा ६ हजार ६६५ मत बदर भएको छ । 
   

  त्यस्तै १ लाख ५ हजार ५०१ मतदाता रहेको तनहुँ क्षेत्र नम्बर १ मा ६७ हजार ८०३ मत खसेकोमा ३ हजार ४७२ मत बदर भएको छ । 
यस्तै ५७ हजार ६ सय ७४ मतदाता रहेको तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ मा ३७ हजार ५०० मत खसेको थियो भने ३ हजार ४ सय ७२ मत बदर भएको थियो । यसैगरी ४७ हजार ८ सय ९८ मतदाता रहेको प्रदेशसभा ‘ख’ मा ३० हजार २६५ मत खसेको थियो भने १ हजार २४१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

    त्यस्तैगरि १ लाख ५ हजार ७५५ मतदाता रहेको तनहुँ क्षेत्र नम्बर २ मा ६८ हजार ४५८ मत खसेकोमा ३ हजार १९३ मत बदर भएको छ । 
यस्तै ५६ हजार १५३ मतदाता रहेको तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा ३७ हजार ७३ मत खसेको थियो भने १ हजार ३ सय ५२ मत बदर भएको थियो । यसैगरी ४९ हजार ६७१ मतदाता रहेको प्रदेशसभा ‘ख’ मा ३१ हजार ३ सय ७० मत खसेको थियो भने ८ सय १० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ । 

    धेरै मात्रामा मत बदर हुनुमा जिल्लामा निर्धारित तालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । त्यस्तै मतदाता शिक्षाको प्रचारप्रसारमा कमि भएको जिल्ला निर्वाचन कार्यालय तनहुँ बताउँछ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । जिल्लामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिए पनि स्वयंसेवक नै मतदाता शिक्षाका विषयमा अलमल हुँदा बदर मतको संख्या बढेको स्थानीयवासीले बताएका छन् ।

मतदाता शिक्षा स्वयंसेवकहरु औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो । समानुपातिकतर्फको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको भन्दा समानुपातिकमा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाको भनाइ छ ।

मतपत्रमा औंठा छाप लगाएको, मसि स्पष्ट नदेखिएको आदि कारणले पनि मत धेरै बदर भएको देखिएको छ । प्रचारप्रसारको लागी समयअवधिको कमि भएकोले धेरै मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताए । उनले भने-" अहिलेको मतपत्र अप्ठ्यारो खालको रहेको थियो त्यसैले मतदाता धेरै झुक्किए ।"

 निर्वाचन कार्यालय संगै राजनीति दलको पनि कमजोरी रहेको घिमिरे बताउँछन । राजनैतिक दलले चुनाव प्रचार संगै मतदाता शिक्षा लाई जोड नदिनु पनि बदर मतको एक कारण रहेको उनले बताए । त्यो संगै प्रचारप्रसारका सामाग्रीहरु पोस्टर, पम्प्लेट पनि ढिलो गरि जिल्लामा आएकोले प्रचारमा समय कमि भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप