अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै
विहीबार, १२ साउन २०७९, ०६ : २६

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ । नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु