जनार्दन शर्मालाई 'क्लिन चिट' दिँदै समितिले दियो ११ सुझाव
बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको विवादमा गठन भएको संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिँदै यस सम्बन्धमा विभिन्न ११ सुझाव दिएको छ ।
समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जबाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म गरेका छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको ठहर गरेको हो ।
यससँगै करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक नरहेको समितिको भनाइ छ । समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई अर्थ मन्त्रालय र निर्देशिका जारी गर्ने गृह मन्त्रालय समेतले पूर्ण रूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नुपर्ने सुझाव दिएको छ ।
यस्तै सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने कार्य गर्न पनि समितिले सुझाव दिएको छ । यस्तै बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले बजेट तर्जुमाको कार्यमा संलग्न पदाधिकारी र कर्मचारीहरूको जिम्मेवारी सम्बन्धी विधि अनुसार उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदान प्रदानका अन्य माध्यमहरूलाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्नेलगायतका सुझाव दिएको छ ।
११ सुझाव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी पुगे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन
-
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
-
तस्बिरमा हेर्नुहोस् सिंहदरबारमा निर्माण भइरहेको संसद् भवन
-
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबिच व्यवसायिक सहकार्यको समझदारी
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : उपाधि लुम्बिनीको पोल्टामा, कर्णालीलाई ३१ रनले हरायो
-
लोक गायक कस्तुप पन्तलाई मातृ शोक