लोक गायक कस्तुप पन्तलाई मातृ शोक
सोमबार, १७ वैशाख २०८१, १५ : ०९

काठमाडौँ । लोकप्रिय लोक गायक कस्तुप पन्तलाई मातृ शोक परेको छ । उनकी आमा लक्ष्मीकुमारी पन्तको आइतबार साँझ निधन भएको हो ।
७३ वर्षिया लक्ष्मीकुमारी बुढ्याली सम्बन्धी रोगबाट पीडित थिइन् । उनको आइतबार साँझ नै अन्त्येष्टि गरिएको छ । लक्ष्मीकुमारीका दुई छोरा र एक छोरी छन् । गायक कस्तुप जेठो छोरा हुन् ।
कस्तुपका थुप्रै लोकदोहोरी तथा लोकगीत सांगीतिक बजारमा हिट छन् ।