पेलोसीको सम्भावित भ्रमणबारे ताइवानका प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया
मङ्गलबार, १७ साउन २०७९, १२ : ५९
ताइवानका प्रधानमन्त्रीले जुनसुकै विदेशी अतिथिलाई ‘न्यानो स्वागत’ गर्ने बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखको सम्भावित ताइवान भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री सु त्सेङ–चाङले उक्त धारणा राखेका हुन् ।
सभामुख पेलोसी अहिले एसिया भ्रमणमा छन् । भ्रमणका क्रममा उनी ताइवान जाने अनुमान गरिएको छ । उनको सम्भावित ताइवान भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको छैन् । तर उनको सम्भावित भ्रमणलाई लिएर बेइजिङ सशंकित बनेको छ ।
पेलोसीको एसिया भ्रमणको पूर्वसन्ध्यामा ताइवान नजान चीनले चेतावनी दिएको छ । आगोसँग नखेल्न पनि उसले वासिंगटनलाई चेतावनी दिएको छ । ताइवानले पाहुनाका लागि ‘सबैभन्दा उपयुक्त प्रबन्ध’ गर्नेछ र उनीहरूको योजनालाई सम्मान गर्ने प्रधानमन्त्री सु त्सेङ–चांगले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)