कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्। बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को प्रगति समीक्षा एवम मन्त्रालय स्तरिय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।
अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेर भएकाले उनले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा बिकास गर्न पनि निर्देशन दिए। उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यन्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने बताए ।
साना किसान बिकास बैंकले काठमाडौं उपत्यकाको तरकारीको खपतको आवश्यकता पूरा गर्ने गरि उत्पादन बढाउँन किसानको खेत खेतमा पुग्न पनि शर्माले निर्देशन दिए। कृषि बिकास बैंकले गाउँका किसानलाई कर्जा दिन निर्देशन दिदै गाउँका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण