चुनावी तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनको निर्णय
शुक्रबार, २० साउन २०७९, १२ : ०७
५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
‘आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ’, भुसालले भने, ‘चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’ उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।
बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण