आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

किसानका पीडा- ‘बाढीले कुलो खायो, हाम्रा खेत बाँझै’

शनिबार, २१ साउन २०७९, ११ : ५९
शनिबार, २१ साउन २०७९

‘छिमेकी गाउँका खेतमा धान काल्लीसक्यो, गाँज फालिसक्यो । आधा साउन बितिसक्यो हाम्रा खेत अझै बाँझै छन् । ब्याड छिपिसक्यो । कुलोमा पानी अझै चलेको छैन । गत असारको १४ र साउन ११ गतेको बाढीले कुलो खायो । कुलो बनाउन अझै सकिएको छैन । खेतमा पानी चलेको छैन । बाँझो खेत र भत्किएको कुलो हेर्ने बाहेक अरु केही उपाय छैन ।’ घोराही –२ अवलडाँडाका किसान बिर्ख बहादुर कामीले दुःख पाेख्दै भने–‘ बाढीले कुलो खायो, खेत बाँझै छ । कहिले कुलो बन्ला कहिले पानी चल्ला, कहिले खेती होला आधा साउन बितिसक्यो । यसपाली खेत बाँझै हामी भोकै बस्नुपर्छ होला ?’ 

बाढीले कुलो भत्काउँदा अवलडाँडाका  किसान खेती गर्नबाट बञ्चित हुनु परेको छ । बाढीले गाउँको कुलो भत्काइदिए पछि ९० घरपरिवारको करिव डेढ सय बिगाहा बाँझै रहेको छ । मानो रोपेर मुरी फलाउन समयमा सिञ्चाईको लागि कुलो नहुँदा किसान निराश बन्नुपरेको हो । 

खेती किसानी गरेर जिविका धान्दै आइरहेका किसान यस वर्ष कुलो भत्कँदा यस वर्षको घर खर्च र छोराछोरी कसरी पाल्ने भन्ने पिरलोले पनि छोएको उनले सुनाए । उनले भने–‘ बर्खामा धान रोपेर हिउँदमा भित्र्याई वर्षभरिको जोहो यही खेतले टाथ्र्याैं । कुलोमा पानी खेत बाँझै छ । यो वर्ष खेत बाँझै छ कसरी जोहो टार्ने हो ?’ 

गाउँमा खेती गर्न मजदुरीका लागि अन्य जिल्ला र भारतसम्म पुगेका किसानहरू पनि फर्किएका छन् । तर असारमै भत्किएको कुलो बन्ला भन्दाभन्दै पर्खिरहेका किसान खेती नै नगरी मजदुरीका लागि अन्य जिल्लादेखि भारतसम्म फर्किनु पर्छ की भन्ने चिन्ताले पिरोली रहेको स्थानीय मणिराम पुनले सुनाए । उनले भने–‘खेती गर्न घर आयौं, खेती नगरी मजदुरीमा फर्किनुपर्ने भयो ? हाम्रा पीडा कसैले सुन्दैनन् । बाँझो खेत हेर्दा मन हर्ररर हुन्छ । धेरै जमिन भएकाले यही खेती गर्छन । थोरै जमिन भएकाले बर्खा खेती गर्ने र कमाउन जाने गर्छम । तर अहिले  खेती अझै भएको छैन । खेती नगरी फर्किनुपर्ने भयो । ’ 

एक मौजा भ्याउने कुलो भत्किए पनि अस्थायी व्यवस्थापन गरी खेतीका लागि सिंचाई सुविधा पुर्याउन स्थानीय सरकारले कुलो मर्मत सम्भारको सामान्य काम गर्न नसक्दा किसानको खेत बाँझै भएको कुलो सिँचाई जल उपभोक्ता समितिका अध्यक्ष नमराज पाण्डेले बताए । उनले भने–‘ बेलैमा सरकारले हेरेन । गाउँका किसानले पैसा हालेर कुलो बनाउन सक्दैनन् । गाउँका किसानलाई खेतीको धेरै समस्या छ । ’ 

‘किसानका पीडामा मलम लगाउदै महरा’
प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महरा शनिवार बाढी भत्किएको घोराही–१२ भवानी कुलो निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा महराले दुईदिन भित्र अस्थायी व्यवस्थापन गरी गरी किसान खेतमा सिंचाई सुविधा पुर्याउन उर्जा तथा सिंचाई मन्त्री पम्फा भुसाललाई सम्पर्क गरी कुलो मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न समेत निर्देशन दिएका छन् । तत्काल अस्थायी सिँचाई व्यवस्थापन गरी किसानको खेतीका सहज ल्याउन आफ्नो प्रयास रहिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप