फर्जी लाइसेन्स प्रकरण : सञ्चार मन्त्रालयका आइटी अधिकृत पक्राउ
आइतबार, १६ वैशाख २०८१, १२ : २५

काठमाडौँ । फर्जी लाइसेन्स वितरणमा संलग्न आरोपमा सीआईबीले आइटी अधिकृतलाई पक्राउ गरेको छ । सञ्चार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरजप्रकाश अर्याललाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
अर्याल यातायात व्यवस्था विभागमा कार्यरत रहँदा फर्जी लाइसेन्स बनाउने काममा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शनिबार प्रहरीले यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा म्याद थप गरिने एसपी बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
-
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
-
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता
-
गोर्खा साँझ : कुमा सागर र ख्वप ब्यान्डको दुबईमा पहिलोपटक लाइभ कन्सर्ट