टी–२० क्रिकेट शृंखला
सागर ढकालले लिए वेस्ट इन्डिजको पहिलो विकेट
आइतबार, १६ वैशाख २०८१, १२ : ३१

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो पहिलो विकेट गुमाएको छ । वेस्ट इन्डिजको पहिलो विकेट सागर ढकालले लिएका हुन् । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका हुन् ।
२.२ ओभरमा अथान्ज आउट हुँदा क्यारेबियन टोलीले १७ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले क्यारेबियन टोलीलाई चार विकेटले हराएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल