सागर ढकालले एकै ओभरमा लिए वेस्ट इन्डिजको दुई विकेट
काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ । वेस्ट इन्डिजको दोस्रो विकेट पनि सागर ढकालले लिएका हुन् ।
उनले वेस्ट इन्डिजका अर्का ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । सागरले लिएको यो दोस्रो विकेट हो । २.५ ओभरमा जोन्सन आउट हुँदा वेस्ट इन्डिजले १८ रन बनाएको थियो ।
त्यसअघि वेस्ट इन्डिजको पहिलो विकेट पनि सागर ढकालले नै लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । २.२ ओभरमा अथान्ज आउट हुँदा क्यारेबियन टोलीले १७ रन बनाएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण