चीनमा घुम्रपात : ५ जनाको मृत्यु, ३३ जना घाइते
आइतबार, १६ वैशाख २०८१, १२ : १५

ग्वाङझाओ । चीनको दक्षिणी प्रान्त ग्वाङडोङको राजधानी ग्वाङझाओमा शनिबार आएको घुम्रपात (टोनार्डो) का कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
बाइयून जिल्लाको झोङलुटानमा स्थानीय समयअनुसार ३ बजेतिर घुम्रपात आएको थियो । घुम्रपातमा हावाको गति २०.६ मिटर प्रति सेकेन्ड मापन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रान्तीय मौसम पूर्वानुमान महाशाखाले घुम्रपातको घातकतामा तेस्रो तहमा राखेको छ । सबैभन्दा उच्च पाँच तहको हुन्छ ।
उद्धारकर्ताहरूले राति १० बजेसम्ममा उद्धारको काम सकेको जानकारी दिएका छन् । सबै घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । अधिकारीहरूका अनुसार १४१ वटा फ्याक्ट्रीको भवनमा क्षति पुगेको छ । आवासीय भवनमा भने क्षति नपुगेको बताइएको छ ।
गत हप्ता मात्र भीषण बाढीका कारण ग्वाङडोङमा चार जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर