चीनमा घुम्रपात : ५ जनाको मृत्यु, ३३ जना घाइते
आइतबार, १६ वैशाख २०८१, १२ : १५
ग्वाङझाओ । चीनको दक्षिणी प्रान्त ग्वाङडोङको राजधानी ग्वाङझाओमा शनिबार आएको घुम्रपात (टोनार्डो) का कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
बाइयून जिल्लाको झोङलुटानमा स्थानीय समयअनुसार ३ बजेतिर घुम्रपात आएको थियो । घुम्रपातमा हावाको गति २०.६ मिटर प्रति सेकेन्ड मापन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रान्तीय मौसम पूर्वानुमान महाशाखाले घुम्रपातको घातकतामा तेस्रो तहमा राखेको छ । सबैभन्दा उच्च पाँच तहको हुन्छ ।
उद्धारकर्ताहरूले राति १० बजेसम्ममा उद्धारको काम सकेको जानकारी दिएका छन् । सबै घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । अधिकारीहरूका अनुसार १४१ वटा फ्याक्ट्रीको भवनमा क्षति पुगेको छ । आवासीय भवनमा भने क्षति नपुगेको बताइएको छ ।
गत हप्ता मात्र भीषण बाढीका कारण ग्वाङडोङमा चार जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण