शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या गरेको अभियोगमा सौतेनी छोरी पक्राउ

आइतबार, १६ वैशाख २०८१, १२ : २१
आइतबार, १६ वैशाख २०८१

जुम्ला । जुम्लामा सौतेनी छोरीले एक महिलाको हत्या गरेकी छन् । पातारास गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या  भएको हो । 

हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारास गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको थियो । 

यसबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट तल्फ र प्रहरी चौकी डिल्लीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप