आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

आइतबार, १६ वैशाख २०८१, १२ : २८
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।

बझाङको सदरमुकाम चैतनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले जानकारी दिए । 

‘मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ । दिउँसो १ बजेबाट मत गणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ’, उनले भने । शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप