शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तिलाका ३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम

शनिबार, २१ साउन २०७९, १४ : ५३
शनिबार, २१ साउन २०७९

तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगतदेखि पाउँदै आएको दिवा खाजा र छात्राका लागी दिने सेनेटरी प्याड बापतको रकम रोकिएको बताएका छन् ।  गाउँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बाल विकास केन्द्रले जनाएका छन् ।

तर, अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद अधिकारीले बताए । उनले भने, ‘पालिकाले तिलाका सबै बिद्यालयको दिवा खाजा र सेनेटरी प्याड बापतको रकम रोकेको छ ।’

रकम रोकिएका सबै विद्यालयका प्रधानाध्यापकले यसको विरोध गरेको बताए । तर, पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिक्रिया दिए । उनका अनुसार सेतीवाडा विद्यालयमा दुई सय ६ जना दिवा खाजा खाने बिद्यार्थी छन् । एक सय ९६ जना छात्रा छन् । यहाँ जम्मा तीन सय ८० जना विद्यार्थी अध्ययनरत छन् । 

६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज 

तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । उनले भने, ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रवृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तक लगायतको रकम बारे प्रक्रिया पूरा गररे ७ असारमै लेखामा पठाएको हो ।’

तर लेखाले अन्य सबै शीर्षकको चेक काटेर दिवा खाजा र सेनेटरी प्याडको रकम भने रोकेको उनको भनाइ छ । उनका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवा खाजाको ४७ लाख, पाँच हजार ६ सय ८० रुपैयाँ र सेनेटरी प्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपैया फ्रिज गरेको हो ।

शिक्षा शाखाका सहसंयोजक हमालका अनुसार गतवर्ष अपुग छात्रवृत्तिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरुजु देखाएको थियो । यही रकम असुल गर्न रकम पठाएको हुनसक्ने उनले जवाफ दिए । 

तिला गाउँपालिका–५ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय सरकारले यो कार्यक्रम आफै लागु पर्नुपर्नेमा आएको रकम समेत रोक्नु गल भएको बताए । उनले यो रकम तुरुन्त मिलाउन उनले दबाब दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप