
टोटेनहमको सुखद सुरुवात

प्रिमियर लिग फुटबलमा टोटेनहमले सुखद सुरुवात गरेको छ । शनिबार भएको सिजनको पहिलो खेलमा टोटेनहमले साउथ ह्याप्टनमाथि ४–१ गोलको सहज जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा टोटेनहमका लागि जित दिलाउन रियान सेसन्गोन्जो, इरिक डेर र डेजान कुलुसेभेकीले एक–एक गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो ।
उता साउथह्याप्टनका लागि जेम्स वार्डले एक गोल फर्काए । जितसँगै टोटेनहमले एक खेलबाट ३ अंक जोडेको छ । इता साउथह्याप्टनले हारबाट सिजनको सुरुवात गरेको छ । आजनै भएको अर्काे खेलमा बर्नमाउथले एस्टन भिल्लामाथि २–० गोलको जित निकाल्यो । त्यस्तै लिड्स युनाइटेडले उल्भ्सलाई २–१ गोल अन्तरले हरायो । लिगको अर्काे खेलमा न्युक्यासले नथिङहम फरेस्टले न्युक्यासललाई हरायो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ