बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको तलब बजेटमा घोषणा गरेअनुसार नै बढ्छ : अर्थमन्त्री

मङ्गलबार, २४ साउन २०७९, ०८ : ०१
मङ्गलबार, २४ साउन २०७९

अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका छन् । कर्मचारीको तलब वृद्धि बजेट घोषणा विपरीत रहेको भन्दै कर्मचारीहरु आन्दोलित भएपछि अर्थमन्त्रीले १५ प्रतिशत मात्र तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका हुन् । 

सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीबीच भएको भेटमा बजेट घोषणा अनुसार नै तलब बृद्धि हुने बताएका हुन । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता जनाएका हुन ।

बजेट भाषण अनुसार सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख छ । तर, पछि कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरण सार्वजनिक भएपछि विवाद सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप