एकातिर करार शिक्षकको आन्दोलन चर्कंदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन
मङ्गलबार, २४ साउन २०७९, ०८ : ०९
महोत्तरीको बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्कंदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि मेयर प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् । सोमबार बसेको सर्वदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।
तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ । माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक शिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको दुवै रिट पेशीमा, दल विभाजनको मुद्दा सुनुवाइ हुने सम्भावना न्यून
-
जेठ २५ देखि ‘ऊनको स्विटर’ छायांकनमा
-
सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन
-
सहकारी काण्डले अध्यादेशउन्मुख हुँदैछ बजेट ?
-
विदेशी कामदारका लागि नयाँ कोटामा रोक कायमै राख्ने मलेसियाको निर्णय
-
तीन महिनापछि खुल्यो हाइटीको मुख्य विमानस्थल