वर्षाका कारण काँडाघारीको प्रहरी प्रभाग डुबानमा
अविरल वर्षाको कारण काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा परेको छ । प्रभाग काँडाघारीको एक तलाको पूरै भाग डुबाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
प्रहरीको मेशको खाद्यान्न, भाँडावर्तन र फर्निचर बगाएको छ । कार्यालयसँगै राखिएको ३ वटा मोटरसाइकल पनि बगाएको छ ।
अविरल वर्षाको कारण मनोहरा खोला किनारका बस्तीमा धेरै क्षति गरेको छ । बाढीका कारण अलपत्र परेका मानिसहरु र चौपायालाई सुरक्षाकर्मीको सहयोगमा उद्दार गरिएको काँडाघारीका स्थानीय टंक पौडेलले रातोपाटीलाई बताए ।
काँडाघारी प्रभागको बेस सेट भिजेर काम नगर्ने भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले खहरे भन्दा माथी राडारबाट बाढीले अलपत्र परेका दुईजनाको उद्दार गरेको छ । गोठाटारबाट ७ वटा गाडीलाई डुबानबाट बाहिर निकालिएको छ ।
काँडाघारी स्थित हरहर महादेव नजिकै ७ जना मानिसहरु अलपत्र परेका छन् । अलपत्र परेकाहरुको उद्दार भइरहेको एसपी मैनालीले जानकारी दिए । डुबान स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका उद्धारकर्मी खटिएका छन् ।
कागेश्वरी मनोहरा–७ विष्ट गाउँमा एक तलाका अधिकांश घरहरु डुबानमा परेका छन् । त्यहाँ उद्धारकर्मी परिचालन गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण