मनहरा खोलामा बाढी : किनारका घर र पशु फार्म डुबानमा
बुधबार, २५ साउन २०७९, ०८ : ५९
अविरल वर्षाको कारण मनहरा खोलाको बहाव बढ्दा किनाराको बस्ती डुबेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बंगुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले संचालन गरेका हुन् ।
दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेशीबाट ४ जनालाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बंगुर फर्मबाट ५ सय हाँस, २ सय बंगुर र २ वटा गाईलाई सुरक्षित ठाउँमा सारिएको छ । भक्तपुरको मध्यपुर थिमी नगपालिका–१ स्थित खोला किनाराको सुकुम्बासी बस्तीका ६० वटा घर डुबानमा परेको छ । दिव्यश्वरी प्लानिङ स्थित पेमा तामाङको कुखुरा फर्ममा पनि बाढीले क्षति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण