१९ वटा विमानस्थल घाँसे मैदानमा परिणत, सञ्चालनमा रहेका आधा घाटामा
ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधार बेवारिसे अवस्थामा छन् । नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका हुन् ।
हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५१ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन् ।

तर, आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका ३४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमध्ये १८ वटा नाफामा छन् । बाँकी १६ वटा विमानस्थल भने घाटामा सञ्चालन भइरहेका छन् । यस्तै, बाँकी १९ वटा विमानस्थल वर्षौँदेखि घाँसे मैदानमा परिणत भएर बेवारिसे अवस्थामा छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार हिमाली र तराई भेगका र अन्तर्राष्ट्रिय उडान भर्ने दुई वटा विमानस्थल गरी १८ वटा नाफामा छन् । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले तराई र उच्च हिमाली (पर्यटकीय गन्तव्य) क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेको जानकारी दिए ।
‘तराईका अधिकांश विमानस्थल नाफामा सञ्चालन भइरहेका छन् । यस्तै, हिमाली क्षेत्रका विमानस्थलसमेत नाफामा छन्,’ उनले भने, ‘तर, पहाडी क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थल भने घाटामा छन् ।’ सञ्चालनमा रहेका ३४ मध्ये १६ विमानस्थल घाटामा रहे पनि समग्र विमानस्थलको हिसाबकिताब गर्दा नाफामा रहेको निरौलाले रातोपाटीलाई बताए ।

उच्च हिमाली क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थलमा विदेशबाट हिमाली भेग र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढी हुन्छ । जसले गर्दा त्यस क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थलले नाफा आर्जन गरेका छन् । यस्तै, तराई क्षेत्रमा सञ्चालित विमानस्थलमा मानवीय चहलपहल बढी हुन्छ ।
खासगरी तराई क्षेत्रमा बाक्लो बस्ती हुँदा तथा तराईका सीमावर्ती बजारका कारण त्यस क्षेत्रमा आर्थिक गतिविधि समेत बाक्लो हुनेगर्छ । फलस्वरूप तराई क्षेत्रका विमानस्थलमा हवाई माध्यमबाट आवतजावत गर्नेको सङ्ख्या बढी हुन्छ । ‘मानिसहरूको चहलपहल जति बाक्लो भयो त्यति नै धेरै जहाजले उडान भर्छन्,’ निरौला भन्छन्, ‘जहाजको चहलपहल बाक्लो भएसँगै विमानस्थलको आम्दानी बढ्छ ।’
त्रिभुवन विमानस्थल ५ अर्ब नाफामा
नाफामा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी नाफामा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष २२ लाख मानिसले विदेशतर्फ उडान भरे । यस्तै, सोही सङ्ख्यामा मानिसहरू विदेशबाट नेपालतर्फ आए । यसैगरी, विमानस्थलको आन्तरिकतर्फ करिब ४० लाख मानिस ओहोरदोहोर गरेको क्यानले जानकारी दिएको छ ।
हवाई यात्रुको चाप बाक्लो भएसँगै विमानस्थलले गत आर्थिक वर्ष ६ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो । जसमध्ये ७५ लाख ८७ लाख रुपैयाँ खर्च (कर्मचारीको तलब बाहेक) भएको छ । यसअनुसार, गत वर्ष विमानस्थलले ५ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको क्यानका प्रवक्ता निरौलाले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण