न्युजिल्यान्डलाई वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज
न्युजिल्यान्डले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । शनिबार बिहान दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।
पाहुना टोली न्युजिल्यान्डले दिएको २१६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर मात्र १२५ रन बनायो । वेस्ट इन्डिजका लागि ओबेड म्याकोईले अविजित रहँदै २३ र रोभमेन पावेलले २१ रन बनाए । त्यस्तै रोमारियो सेफर्डले १८ को योगदान गरे ।
न्युजिल्यान्डका लागि स्टानेर तथा मिचेल ब्राकवेलले समान तीन-तीन विकेट लिए । त्यस्तै टिम साउदी र ईश सोधीले समान एक-एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनायो ।
पाहुना टोलीका लागि ग्लेन फिलिप्सले ७६ रनको अर्धशतकीय पारी खेले । बल खेलेका उनले चौका र छक्का प्रहार गरे । त्यस्तै ड्यारियल मिचेलले ४८ तथा डिभेन कन्वेले ४२ रन बनाए ।
वेस्ट इन्डिजका लागि ओबेड म्याकोईले तीन विकेट लिए । त्यस्तै रोमारियो सेर्फड र ओडन स्मिथले समान एक÷एक विकेट लिए । दुई टोलीबीचको तेस्रो टी–ट्वान्टी खेल सोमबार हुनेछ । यसअघिको पहिलो खेलमा न्युजिल्यान्डले १३ रनले जितेको थियो ।
टी–ट्वान्टी सिरिज पछि दुई टोलीबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?