धारा जोड्न घुस माग्ने सिनियर प्लम्बर पक्राउ
मङ्गलबार, ३१ साउन २०७९, १३ : ४८
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् । खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिइएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख : राष्ट्रसङ्घ
-
सन्दीप लामिछाने समर्थकको माइतीघरमा प्रदर्शन, तस्बिरहरू
-
एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
-
मातातीर्थ औँसीको महिमा
-
‘माधवको पार्टी फुट्छ, रविमाथि कारबाही हुनासाथ सरकार ढल्छ’