धादिङमा ट्रेलर र जीप ठक्कर खाँदा दुईको मृत्यु
मङ्गलबार, ३१ साउन २०७९, १६ : ३६
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।
चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए। मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु