३९ अर्बले बढ्यो विदेशी मुद्राको सञ्चिति
मङ्गलबार, ३१ साउन २०७९, २० : ११
गएको एक महिनामा झण्डै ३९ अर्ब रुपैयाँले विदेशी मुद्राको सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आर्थिक वर्ष २०७८÷७९ को असारको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले जेठमसान्तदेखि असार मसान्तसम्म ३८ अर्ब ९६ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति बढेको जनाएको हो ।
यद्यपि, यस्तो सञ्चिति अघिल्लो वर्षको असार मसान्तभन्दा १३.१ प्रतिशतले घटेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बचतमा रहेको सञ्चिति आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा १३.१ प्रतिशतले घटेर १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको जनाएको छ । यस्तो मुद्रा सञ्चितिले ६.९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने समेत बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि लागु औषध कारोबारीमाथि गोली प्रहार
-
केन्यामा बाँध फुट्दा ४२ जनाको मृत्यु
-
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ : रमेश लेखक
-
राष्ट्र बैंकद्वारा नेपाल एसबीआई बैंक सम्मानित
-
सुपरहिरो बन्दैछन् रणवीर सिंह ?
-
नयाँ इन्जिन र डिजाइनसहितको नयाँ गाडी बनाउने हो : डा. भट्टराई