गर्मीको प्रभाव : बंगलादेश र फिलिपिन्समा विद्यालय बन्द गर्न आदेश
सोमबार, १७ वैशाख २०८१, २० : ३९
ढाका । बंगलादेशको उच्च अदालतले उखर्माउलो गर्मीतर्फ औँल्याउँदै सबै विद्यालय बन्द गर्न आदेश दिएको छ ।
एक दिन अघि मात्रै सरकारले गर्मीका कारण बन्द भएका विद्यालयहरू खोल्न सकिने बताएको थियो । दक्षिण र पूर्वी एसियामा गर्मी कीर्तिमानी स्तरमा उक्लिएको छ ।
फिलिपिन्समा विद्यालयहरू पनि अस्थायी रूपमा बन्द गरिएका छन् । यसैबिच, सोमबार म्यानमारमा अप्रिल महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । म्यानमारको मध्यभागमा रहेको सहर चाउकमा उक्त दिन तापमान ४८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको थियो ।
जलवायु परिवर्तनका कारण चरम गर्मी भएको बताइएको छ । हालैका वर्षहरूमा, मौसम चक्र परिवर्तन भइरहेको छ भने पहिलेको तुलनामा लू पनि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण