गर्मीको प्रभाव : बंगलादेश र फिलिपिन्समा विद्यालय बन्द गर्न आदेश
सोमबार, १७ वैशाख २०८१, २० : ३९

ढाका । बंगलादेशको उच्च अदालतले उखर्माउलो गर्मीतर्फ औँल्याउँदै सबै विद्यालय बन्द गर्न आदेश दिएको छ ।
एक दिन अघि मात्रै सरकारले गर्मीका कारण बन्द भएका विद्यालयहरू खोल्न सकिने बताएको थियो । दक्षिण र पूर्वी एसियामा गर्मी कीर्तिमानी स्तरमा उक्लिएको छ ।
फिलिपिन्समा विद्यालयहरू पनि अस्थायी रूपमा बन्द गरिएका छन् । यसैबिच, सोमबार म्यानमारमा अप्रिल महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । म्यानमारको मध्यभागमा रहेको सहर चाउकमा उक्त दिन तापमान ४८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको थियो ।
जलवायु परिवर्तनका कारण चरम गर्मी भएको बताइएको छ । हालैका वर्षहरूमा, मौसम चक्र परिवर्तन भइरहेको छ भने पहिलेको तुलनामा लू पनि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड