जसपा बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल सुरु
बिहीबार, ०२ भदौ २०७९, १२ : १२
जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक जारी छ । हिजोदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा छलफल भएको छ ।
चुनावको तयारी, उम्मेदवारको मापदण्ड, उम्मेदवार चयन गर्ने प्रकृया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयनलगायतका प्रस्ताव गरिएको छ । सोही प्रस्तावमाथि छलफल सुरु भएको जसपा राजनीतिक समितिका सदस्य सीपी सिंहले बताए ।
छलफलमा पाँच दलीय गठबन्धनको औचित्य, पाँच दलीय गठबन्धनले अगामी चुनावमा जसपालाई हुने फाइदा, बेफाइदाको विषयमा पनि चर्चा भइरहेको छ । साथै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र जसपाबीच गठबन्धनको सम्भावनाको बारेमा पनि नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै