शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापान किन युवाहरुले रक्सी कम पिएकोमा चिन्तित छ ?

बिहीबार, ०२ भदौ २०७९, २० : ४४
बिहीबार, ०२ भदौ २०७९

जापानका युवाहरूमा रक्सी पिउने बानी वृद्धहरुको तुलनामा निकै कम छ । त्यहाँको सरकार यस अवस्थाबाट चिन्तित देखिन्छ । त्यसैले उसले युवाहरूमा मदिरा सेवन बढाउने प्रयास गर्दैछ ।  युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएपछि सरकारी राजस्व घट्दै गएको छ । जापानको परम्परागत मदिरा साकेका बिक्रीबाट प्राप्त हुने कर पनि घटिरहेको छ । 

त्यसैले जापानका कर एजेन्सीले घट्दो पेय पदार्थको सेवनको दर घटाउने उपाय सुझाउन देशभरका नागरिकसँग आह्वान गरेका छन् । साके भिभा नाम दिइएको यस अभियानको उदेश्य युवाहरु माझ सोकेको सेवन बढाउनु रहेको बताइएको छ । 

जापानको राष्ट्रिय कर एजेन्सीले यस अभियानमा २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिले भाग लिन सक्ने बताएको छ । उपाय पठाउने व्यक्तिले जापानी सेक, शोचु, ह्विस्की, बियर र वाइनहरुलाई युवाहरु माझ लोकप्रिय बनाउन उनले व्यवसायिक उपाय सुझाएर पठाउनुपर्छ । 

प्रतियोगिता सञ्चालन गरिरहेको एजेन्सीले कोभिडको समयमा युवाहरुले मदिरा सेवन घटाउँदै लगेको बताएको छ । एजेन्सीले मदिराको लोकप्रियता वृद्धिका लागि अपनाउन सकिने प्रचारात्मक अभियान, ब्रान्डिङ र आर्टिफिसियल इन्टेलिजेन्समार्फत नयाँ विचार प्रस्तुत गर्न सक्छन् । 

जापानी मिडियाकाअनुसार सरकारको यो अभियानप्रति जनताको प्रतिक्रिया मिश्रित रहेको छ । केहीले सरकारी एजेन्सीले हानिकारक बानीलाई बढावा गरेको भन्दै आलोचना गरिरहेका छन् । अरुले भने समाजिक सञ्जालमा रक्सीको प्रयोग बढाउने उपाय सुझाउन थालेका छन् । 

यस प्रतियोगितामा सहभागी हुनेहरुले सेव्छ मसान्तभित्र सरकारी निकायमा आफ्ना विचार पठाउनुपर्नेछ । जापानमा सन् १९९५ को तुलनामा सन् २०२० मा कम रक्सी पिएको देखिएको छ ।  सन् १९९५ मा जापानमा औसत वयस्कले एक वर्षमा १०० लिटर रक्सी पिउने गरेकोमा सन् २०२० मा त्यो औसत ७५ लिटर बनेको छ । 

जापान टाइम्सका अनुसार सन् १९८० मा देशको कुल राजस्वमध्ये ५ प्रतिशत रक्सीबाट आउने गरेकोमा सन् २०२० मा यसको योगदान १.७ प्रतिशत पुगेको छ ।  युवामा रक्सी सेवनको घट्दो रूचिका अतिरिक्त देशको घट्दो जनसंख्या पनि यसका लागि जिम्मेवार मानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप