शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रकाश’ पहिलो वल्र्ड प्रिमिएर जुम्लामा हुने

शुक्रबार, ०३ भदौ २०७९, १४ : ५१
शुक्रबार, ०३ भदौ २०७९

फिल्म ‘प्रकाश’को प्रिमियर जुम्लामा गरिने भएको छ । १० भाद्रबाट प्रदर्शनमा आउँने फिल्मको ५ गते आइतबारका जुम्लामा वर्ल्ड प्रिमियर गर्न लागिएको हो । जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोही गाउँको मोक्ष माध्यमिक बिद्यालयको प्राङ्गणमा पहिलो प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले बताए ।

प्रिमियरका लागि फिल्मका लेखक विकास सवेदीसहितको टिम शनिबार जुम्ला पुग्नेछ । फिल्मको प्राय प्रिमियर स्ट्याण्डर्ड हलहरुमा रेडकार्पेटकासाथ सेलिब्रटीहरुकाबीच गर्ने गरिन्छ । तर, प्रकाशको प्रिमियर विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागिएको हो । फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधी, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाउँबासिलाई निम्ता दिइएको छ ।

निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीँका स्थानीय जनतालाई देखाउन लागिएको जनाए । आइतबार जुम्लामा प्रिमियर हुने फिल्मको ८ गते बुधबार काठमाडौं फेरि प्रिमियर हुनेछ । शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । 

राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, महेन्द्र अधिकारी निर्माता रहेको फिल्म आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप