बीमा कलेज स्थापनाको तयारी भइरहेको छ : मन्त्री शर्मा
बिहीबार, १६ भदौ २०७९, १२ : १२

अर्थमन्त्री जनार्दन शर्माले सरकारले बीमा कलेजको स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । आज बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शर्माले बीमा सम्बन्धि पढाइ सञ्चालन गर्ने गरी बीमा कलेज स्थापना गरिने बताए ।
उनले बीमा कम्पनीहरु सहर केन्द्रित भएको भन्दै यसलाई दुरदराजसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । क्षति न्युनीकरण गर्न बीमको सुरुवात भएको भन्दै सरकारले यसलाई व्यवस्थित गर्ने योजना अघि सारेको शर्माले बताए ।
प्रदेश कार्यालयलाई धेरै अधिकार दिएको अब कर्णाली प्रदेशमा पनि बीमा समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण