शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले जिल्लालाई भन्यो -'भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्नु'

शुक्रबार, १७ भदौ २०७९, ०९ : ०४
शुक्रबार, १७ भदौ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्बाचनको निमित्त भदाै २१ गते भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरि केन्द्रमा पठाउन  जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।   

बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ । साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेचीऔमहाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ । कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भदाै ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं फर्किएर यात्राको समापन हुनेछ ।

साथै बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल ,परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप