'राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो'
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गरे। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गरे। समितिको बयानमा जबराले भने, “राजीनामा दिए हामी सहजीकरण गछौँ । फिर्ता लिन्छौँ । एक डेढ महिना तपाईं काम गर्नुस्, त्यसपछि दीपक कार्कीलाई दिए हुन्छ भनेर त पोलिटिकल पार्टीका नेताहरू मकहाँ आएकै हुन् । मैले यो सार्वजनिक रूपमा खोलेको छु । मैले त खोलेको छु । तर यति हदसम्म जाँदा आज न्यायालय त ध्वस्त भयो, फेरि राजनीति पनि ध्वस्त नहोस् । सोध्ने हो भने नेपाली कांग्रेसको डिनाजीलाई सोध्नुस् । प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर आएको हो, हामी सबै फिर्ता लिन्छौँ । मिलाएर फिर्ता लिन्छौँ भन्नुभएको हो । मेरै क्वार्टरमा आएर भन्नुभएको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण