शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले स्वीकार्यो कोरोना बीमा बापतको १२ अर्ब दायित्व, एक अर्ब तत्काल निकासा गर्ने

मङ्गलबार, २८ भदौ २०७९, १७ : ०६
मङ्गलबार, २८ भदौ २०७९

कोरोना बीमा बापतको एक अर्ब रुपैयाँ दाबी भुक्तानी तत्काल हुने भएको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले कोरोना बीमा दाबी भुक्तानी मध्येको एक अर्ब रुपैयाँ तत्काल निकासा गर्ने निर्णय गरेको हो ।
कुल १२ अर्ब ६४ करोड रुपैयाँ बाँकी दाबी भुक्तानी मध्ये तत्काल एक अर्ब रुपैयाँ भुक्तानी दिनेगरी सरकारबाट सहमति आएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले रातोपाटीलाई जानकारी दिए । यद्यपि, रकम निकासाको निर्णय भइसकेपनि कहिले पैसा पाइन्छ सो भने एकिन नभएको उनको भनाइ छ । 

नियामक बीमा समितिका अनुसार कोरोना बीमा बापतको कुल १२ अर्ब ६४ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । कोरोना बीमा मापदण्ड, २०७७ अनुसार सो दायित्व सरकारी पक्षकै रहेकाले सरकारलाई नै भुक्तानी दिन समितिले ताकेता गरिरहेको छ । अन्ततः सरकारले सो दायित्व स्वीकारेको पौडेलको भनाइ छ । 

कोरोना बीमा मापदण्ड २०७७ अनुसार १ अर्ब रुपैयाँसम्मको भुक्तानी दायित्व बीमक आफैले व्यहोर्नुपर्ने प्रावधान रहेको छ भने १ अर्बभन्दा बढी दुई अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बीमा कम्पनीले, २ अर्बभन्दा माथि २ अर्ब ५० करोड रुपैयाँसम्म बीमकको महाविपत्ति पुलले, २ अर्ब ५० करोड भन्दा माथि ३ अर्ब ५० करोड रुपैयाँसम्म बीमा समितिले र सो भन्दा माथिको सम्पूर्ण दायित्व भुक्तानी नेपाल सरकारले हेर्नुपर्ने व्यवस्था गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप