निर्वाचनअघि गाडी किन्दै प्रहरी
नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।
नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरकारले आगामी निर्वाचनका लागि नेपाल प्रहरीलाई नयाँ सवारीसाधन खरिद गर्न ७५ करोड बजेटको स्रोत सुनिश्चितता दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राइले देशभर गरी सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई १४ सय सवारीसाधन आवश्यक रहेको जानकारी दिए ।
‘प्रहरीलाई सुरक्षा व्यवस्थापनका लागि देशभर १४ सय सवारी चाहिएको छ तर ७५ करोड बजेट सुनिश्चित भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले भने, ‘प्रतिसवारी ५० लाख नबढ्नेगरी खरिद गर्न भनिएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अघि बजेटले भ्याउनेगरी सवारीसाधन खरिद गर्न प्रक्रिया अघि बढेको छ ।’यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण