शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

शनिबार, ०१ असोज २०७९, ११ : ११
शनिबार, ०१ असोज २०७९

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ । अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको र पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेकोे छ । 

कैलालीको खानीडाँडामा आएको पहिरो हटाएर सहजपुरसम्म यातायात चालु गरिएको र उता डडेल्धुरा क्षेत्रबाट पनि पहिरो हटाउने काम जारी रहेको उक्त कार्यालयले  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप