पाकिस्तानको बाढीले डेढ करोड बालबालिका प्रभावित : युनिसेफ
पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।
बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो ।
‘यी प्रत्येक मृत्यु एक त्रासदी हो, जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तिमा ३४ लाख बालबालिका तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ। ’ बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तराष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ । बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडाल जापान लगायतका देशहरुले सहयोग प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण