पाकिस्तानको बाढीले डेढ करोड बालबालिका प्रभावित : युनिसेफ
पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।
बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो ।
‘यी प्रत्येक मृत्यु एक त्रासदी हो, जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तिमा ३४ लाख बालबालिका तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ। ’ बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तराष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ । बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडाल जापान लगायतका देशहरुले सहयोग प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
-
राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री
-
बालेन शाहद्वारा गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक
-
प्रचण्डले दिए उपेन्द्रलाई धन्यवाद
-
सुनको मूल्य तोलामा ९ सयले वृद्धि
-
अवरोधकैबिच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश