सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा भीषण विस्फोट, दर्जनौँको मृत्यु

मङ्गलबार, ०४ असोज २०७९, ०९ : २०
मङ्गलबार, ०४ असोज २०७९

पूर्वी युक्रेनी सहर डोनेट्स्कमा भएको शृङ्खलाबद्ध विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । यी क्षेत्रहरू रुसी समर्थित विद्रोहीको नियन्त्रणमा छन्।

रुस समर्थित मेयरले आक्रमणको लागि युक्रेनलाई दोष दिएका छन्। एलेक्सी कुलेमजिनले युक्रेनको गोलाबारीका कारण धेरै जनाको मृत्यु भएको बताए । तर, अहिलेसम्म युक्रेनबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन ।

डोनेट्स्कमा सन् २०१४ देखि रुस समर्थित विद्रोहीले कब्जा जमाएको छ । स्थानीय अधिकारीहरूका अनुसार डोनेट्स्कको कुइबिशेभस्की जिल्लामा १५० एमएम गोलाहरु प्रहार गरिएको थियो। यो हमला सहरको पश्चिमी क्षेत्रको एउटा गाउँबाट गरिएको हो । स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजानी बस स्टप, पसल र बैंकमा सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन् ।

फेब्रुअरीमा सुरु भएको लडाईमा रुसी सेनाले डोनेट्स्कको दक्षिण क्षेत्रसम्म कब्जा गरेको थियो, तर सहरको बाहिरी भागबाट युक्रेनी सेनाहरूलाई पछाडि धकेल्न उसले निकै संघर्ष परेको थियो। युक्रेनी सेनाले जवाफी कारबाहीमा रुसलाई दक्षिण र उत्तरपूर्वमा कडा टक्कर दियो ।

लुहान्स्क क्षेत्रका प्रमुख सेर्ही हाइडाईले युक्रेनी ट्याङ्कहरू पोन्टुन पुल पार गरेको भिडियो सार्वजनिक गरेका छन् । उनका अनुसार युक्रेनले अब ओस्किल नदीको बायाँ किनारा आफ्नो नियन्त्रणमा लिएको छ। यसलाई उत्तर(पूर्वी युक्रेनको फ्रन्टलाइनको रूपमा हेरिन्छ।

यदि युक्रेनी सेनाले ओस्किलको पूर्वी भागमा आफ्नो पकड कायम राख्यो भने यो ठुलो सफलता हुनेछ। हाइडाईले अब उनीहरूको लक्ष्य लाइमन शहरलाई मुक्त गर्ने हो, जुन मे महिनामा रुसी सेनाले कब्जा गरेको थियो। ‘लुहान्स्क क्षेत्र नजिकै छ । यो क्षेत्र खाली गर्न धेरै गाह्रो छैन,’  उनले दाबी गरे ।

उता युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले भन्छन्, ‘हामीले अर्को चरणको तयारी गरेका छौँ । युक्रेन सम्पूर्ण रूपमा स्वतन्त्र रहनेछ।’

युक्रेनले सोमबार रुसले आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ । यो केन्द्र युक्रेनको दक्षिणमा माइकोलीएभ क्षेत्रमा रहेको छ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप