शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बजाजको नयाँ बाइक ‘पल्सर एनएस १२५’ देशभर लन्च

मङ्गलबार, ०४ असोज २०७९, ११ : ३७
मङ्गलबार, ०४ असोज २०७९

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ । भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

देशका मुख्य शहरहरूमा भएको यस लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुति रहेको थियो । यसै गरी नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । एनएस १२५ नेपालभर रहेको बजाजको शोरुमबाट बुकिङ गर्न सकिने तथा केही समय पश्चात डेलिभरी पनि शुरु गरिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप