वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिङ गर्दै
वात्सल्यले एक कार्यक्रममार्फत ओभेरियन टिस्यु फ्रिजिङको विधि र आवश्यकता सम्बन्धी जानकारी गराएको छ । वात्सल्यकी प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा कार्यक्रम गरिएको हो ।
डा. भोला रिजाल, प्रमुख अतिथिका रुपमा रहेको कार्यक्रममा फेसोन (फर्टिलिटि सोसाइटी अफ नेपाल)मा आबद्ध स्त्रीरोग विशेषज्ञहरूको बाक्लो उपस्थिति थियो । जर्मनीका इम्ब्रोयोलोजी विशेषज्ञ डा. जोसेफ लेह्नर र डा आकृति भारतीले यस नयाँ प्रविधि सम्बन्धि तथ्यहरु पेश गरेका थिए ।
यस नयाँ प्रविधि (ओभेरियन टिस्यु फ्रिजिङ) अन्तर्गत महिलाको डिम्बाशय वा यसका केही भाग डिम्बसहित झिकिन्छ । डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिङ गरिन्छ । क्यान्सर रोगका कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन् अङ्गमा हानी पुग्ने अन्य उपचार गराउनु परेमा यो विधि उपयोगी सावित हुने बताइएको छ । यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरु बताउँछन् ।
नेपालमा हालसम्म डिम्ब, शुक्रकीट र भ्रूणको मात्रै फ्रिजिङ हुँदै आएकोमा यसै कार्यक्रम मार्फत् नेपालमै पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको शुरुवात गरेको कार्यकारी निर्देशक प्रशान्त सुवेदीले जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण