एमालेको मधेस मिसन
मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको शरणमा पुगेका छन् । लोसपाले एमालेसँग सिट बाँडफाँटका लागि वार्ता समिति बनाइसकेको छ। एमालेलाई मधेस प्रदेशमा निषेध गर्नेहरू नै निर्वाचन नजिकिएसँगै एमालेमै प्रवेश गर्न थालेका छन् ।
एमालेले मधेसमा पनि आफ्नो बलियो उपस्थिति देखाउन मधेसवादी दलका नेताहरूलाई पार्टी प्रवेश गराइरहेको छ। यसअघिका दुईवटा निर्वाचनमा एमालेलाई मधेस प्रदेशमा गम्भीर धक्का लागेपछि उसले पछिल्लो रणनीतिअनुसार मधेस प्रदेशमा ठुलो दल बन्न अन्य दलका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउन थालेको हो। मधेसवादी दलमा लागेका तर अवसर नपाएका नेता-कार्यकर्तालाई एमालेले आफ्नो पार्टीमा भित्र्याउन थालेको छ। त्यति मात्र होइन, मधेसमा मधेसवादी र अन्य दलका निवर्तमान सांसदलाई पनि आफ्नो पार्टीमा ल्याएर त्यहाँ आफ्नो उपस्थिति बलियो बनाउन एमाले लागिपरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण