जसपाका प्रदेश उपाध्यक्षसहित १८ जना माओवादीमा प्रवेश
जसपा नेपालका लुम्बिनी प्रदेश उपाध्यक्षको नेतृत्वमा १८ जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार बुटवलमा आयोजित कार्यक्रममा जसपा लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष अतिउल्लाह खाँ, मुख्य सचिव यज्ञ पोखरेल, सचिव लक्ष्मी चौधरी, गीता श्रीवास्तव सचिवालय सदस्यहरु टोपबहादुर कार्की, गीता यादव लगायत १८ जना प्रदेश तथा जिल्ला समितिका नेता कार्यकर्तालाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (वलदेव) ले पार्टीमा स्वागत गरे ।
सो अवसरमा वलदेवले कम्युनिस्ट पार्टीहरु जुट्दै गए सबैभन्दा ठूलो पार्टी निर्माण गर्न सकिने बताए । विशाल कम्युनिस्ट पार्टी बनाउन माओवादीले नेतृत्वदायी भूमिका खेलिरहेको उनको भनाइ छ ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, माओवादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती (बसन्त), जसपाका अतिउल्लाह खाँ, यज्ञ पोखरेल लगायतले अब प्रगतिशील बिचार बोक्ने पार्टीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
यसअघि समाचारमा जसपा हुनुपर्नेमा अन्यथा हुन पुगेकामा क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ खेलाडी आउने
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा