शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

क्षुद्रग्रहसँग अन्तरिक्ष यान ठोक्काउँदै नासा

सोमबार, १० असोज २०७९, १६ : ०३
सोमबार, १० असोज २०७९

अमेरिकी स्पेस एजेन्सी नासाले एक क्षुद्रग्रहसँग एउटा अन्तरिक्ष यानलाई ठोक्काउने भएको छ । एउटा ठुलो क्षुद्रग्रहलाई पृथ्वीसँग ठोक्किन नदिन कति कठिन हुन्छ भन्ने पत्ता लगाउनका लागि नासाको डार्ट मिसनले यो परीक्षण गर्न लागेको हो । यो परीक्षण पृथ्वीबाट १.१ करोड किलोमिटर टाढा डिमोफोस भन्ने क्षुद्रग्रहमा गरिने नासाले जानकारी दिएको छ । नेपाली समयअनुसार मंगलबार ४ बजेर ५९ मिनेट जाँदा यो परीक्षण सम्पन्न हुनेछ ।

कुनै क्षुद्रग्रहको गतिलाई सानो अंशले बदले मात्र पनि त्यसलाई पृथ्वीसँग ठोक्किनबाट रोक्न सकिने द डबल एस्टोरोइड रिडाइरेक्सन टेस्ट (डार्ट) मिसनको विश्वास रहेको छ । यो सिद्धान्तलाई परीक्षण गर्न १६० किलोमिटर चौंडाई भएको डिमोफोस क्षुद्रग्रहमा २० हजार किलोमिटर प्रतिघण्टाको गतिले अन्तरिक्ष यानलाई ठोक्काइनेछ । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप