शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलका स्ट्राइकरमाथि रंगभेदी दुर्व्यवहार

बुधबार, १२ असोज २०७९, १० : २७
बुधबार, १२ असोज २०७९

स्ट्राइकर रिचार्लिसनमाथि गरिएको रंगभेदी दुर्व्यवहारको ब्राजिलले भर्त्सना गरेको छ । टुनिसियाविरुद्धको खेलमा रिचार्लिसनलाई केरा साथै अन्य वस्तु पनि फालिएको थियो ।

५-१ को जीत निकाल्ने क्रममा ब्राजिलका लागि दोस्रो गोल गरेर टोटनहमका खेलाडीले खुसीयाली मनाउने क्रममा यो घटना भएको थियो । एक विज्ञप्ति निकाल्दै ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफले) रंगभेद विरुद्धको आफ्नो विचार स्पष्ट पारेको छ । 

खेलअघि ब्राजिलले रंगभेद विरुद्धको ब्यानरसमेत बोकेको थियो । सीबीएफका अध्यक्ष एड्नाल्डो रोड्रिग्वेजले मैदानभित्र वा बाहिर यस्तो व्यवहार सैह्य नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप