शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक बिहीबार

बुधबार, १२ असोज २०७९, १६ : २२
बुधबार, १२ असोज २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उनले बैठकका एजेण्डा प्राप्त नभएपनि प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने बताए । नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप