शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मसमर्पणवादी मानसिकताले मुलुक स्वाधीन बन्न सक्दैन : थापा

बुधबार, १२ असोज २०७९, १८ : ५३
बुधबार, १२ असोज २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकीरहनको लागि विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधीन बन्न नसक्ने बताएका छन् । राप्रपा नेपाल केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको संयुक्त भर्चुअल बैठकलाई बुधवार सम्बोधन गर्दै थापाले विदेशी दबाब र प्रभावलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेको बताए ।

राष्ट्रियताको संवर्द्धन, प्रजातन्त्रको सुदृढीकरण  र आर्थिक समृद्धिको एजेण्डा बोक्ने दल र नेतालाई जनताले रोज्नु पर्ने उनले बताए । राजनीतिमा निष्ठा र इमानदारिता आवश्यक हुने चर्चा गर्दै राजनीतिलाई फोहोरी बन्न नदिन जनताले चुनावमार्फत सही नेतृत्व छान्न पर्ने उनको भनाई छ ।

बैठकले देशभर भइरहेको चुनाव तयारीबारे समीक्षा गरेको तथा आमचुनावमा राप्रपा नेपाललाई विजय बनाउन आवश्यक रणनीति एवं कार्ययोजना समेत तयार गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप