शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमाबाबुको यी गल्तीहरूले बच्चाको मानसिक स्वास्थ्य बिगार्न सक्छ

बिहीबार, १३ असोज २०७९, १६ : ०७
बिहीबार, १३ असोज २०७९

आमाबाबुले आफ्नो बच्चाको राम्रो नै होस् भनेर सोच्छन् र आफ्ना बच्चासँग जानीजानी केही गलत गर्न चाहँदैनन् । तर पनि आमा–बुवालाई थुप्रै पटक यस्तो लाग्छ कि उनीहरु जुन काम गरिरहेका छन्, त्यो बच्चाको भलाई र सुरक्षाका लागि नै गरिरहेका छन् तर त्यसको ठिक विपरित भइदिन्छ । कतिपटक त आमाबुबाको यस्तो व्यवहारका कारण नै बच्चा तनावमा हुन्छन् र उनीहरुबाट टाढा हुन सुरु हुन्छन् । बच्चाको मानसिक स्वास्थ्यमा पनि आमाबुबाको गल्तीले धेरै नै असर पर्ने गर्छ । त्यसैले तपाईंले आफ्नो बच्चाको अगाडि जे जति शब्द चयन गर्नुहुन्छ, त्यो एकदम सोचेर र बुझेर गर्नुपर्छ । तपाईंले पनि जानी नजानी आफ्नो बच्चाको मानसिक स्वास्थ्यलाई बर्बाद पारिरहेको पनि हुनसक्छ । आउनुहोस्, यस्तै केही गल्तीबारे जानकारी लिऔँ ।

बच्चाको भावनात्मक आवश्यकतालाई नजरअन्दाज गर्नु

बच्चालाई भावनात्मक रुपमा आमा–बुवाको सबैभन्दा बढी आवश्यकता हुन्छ । यदि बच्चा कुनै कुराले दुःखी हुन्छ भने तपाईंले उसलाई समर्थन गर्नुपर्छ । उसलाई यस्ता कुरा बिर्सन वा इग्नोर गर्नका लागि नभन्नुहोस् । यदि बच्चाको जीत हुन्छ भने त्यो सेलिब्रेट गर्नुहोस्, सानो कुरा त हो नि भनेर इग्नोर नगर्नुहोस् । बच्चालाई हरेक तरिकाले समर्थन गर्नुहोस् ।

आफ्नो बच्चा र अरुसँग तुलना गर्नु

आफ्नो बच्चालाई अरूसँग तुलना गर्दा बच्चाले पनि त्यस्तै राम्रो गर्छन् भन्ने सोच्नुभएको पनि हुनसक्छ तर तपाईं जे कुरामा पनि आफ्नो बच्चालाई अरूसँग तुलना गर्नुहुन्छ भने यो ठूलो गल्ती हुनेछ । यस्तो गर्दा बच्चाले के महसुस गर्छन् भने जुन काम उसले गरिरहेको छ, तपाईंले त्यसको प्रशंसा गर्नुको साटो अरुको बच्चाको मात्रै तारिफ गरिरहेका छन् ।

परफेक्ट हुने आशा राख्ने

धेरैजसो आमाबुवाले आफ्नो बच्चा परफेक्ट होस् भन्ने आशा राख्छन् । परफेक्ट कोही पनि हुन सक्दैन । यदि तपाईंले आफ्नो बच्चाहरुले राम्रो नम्बर ल्याउँदा खुसी हुनुको साटो अर्को पटक पूरा नम्बर आउनुपर्छ भन्नुहुन्छ भने बच्चाको दिमागमा पूर्णताको भावना आउँदैन र उनीहरु कहिल्यै पनि सन्तुष्ट हुन सक्दैनन् । यसले उनीहरुको मानसिक स्थिति निकै प्रभावित हुनसक्छ ।

उनीहरु अपराधी महसुस गराउनु

यदि तपाईं पनि आफ्नो बच्चालाई कुनै काम गराउनका लागि वा कुनै कुरा मनाउनका लागि ब्ल्याक मेल गर्नुहुन्छ भने यो निकै गलत हो । यदि उनीहरुलाई केही कुरा मन परिरहेको छ भने उनीहरुको तर्फबाट पनि सोच्नुहोस् । यदि त्यो काम बच्चाका लागि सुरक्षित छ भने उनीहरुलाई त्यसमा समावेश हुनबाट नरोक्नुहोस् ।

बच्चाले सधैँ तपाईंको कुरा मान्छन् भनेर सोच्नु

बच्चाले आफ्नो सबै कुरा मानून् भन्ने हरेक आमाबुबाको चाहना हुन्छ । तर फेरिँदै गरेको जमानाको हिसाबले यस्तै हुनुपर्छ भन्ने छैन । आमाबुवा सधैँ सही हुन्छन् भन्ने हुँदैन । बच्चाको कुरा पनि जायज हुनसक्छ । त्यसैले यदि बच्चाले तपाईंको कुरा सुनिरहेको छैन भने उसले तपाईंलाई सम्मान गर्दैन भन्ने होइन ।

अभिभावकले बच्चाको मानसिक स्वास्थ्यका लागि यी सबै गल्ती गर्नबाट जोगिनुपर्छ । तपाईंले बच्चाको मनको कुरा बुझेर उसको निर्णय र प्रश्नको जवाफ दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप