यौन दुर्व्यवहार भएको भन्दै मलयालम नायिकाले लगाइन युवकलाई थप्पड

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

केरलामा फिल्म प्रवर्द्धनमा रहेकी मलयालम अभिनेत्री सानिया अय्यप्पन यौन उत्पीडनको सिकार भइन् । सानियाले बुधबार सामाजिक सञ्जालमा यसबारे पोष्ट पनि गरेकी छन् । उनले आफ्नो आगामी फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशनका लागि कोझिकोडको हिलित मल गएको र त्यहाँ उनी लगायत अर्की अभिनेत्री ग्रेस एन्टोनीलाई भीडले दुर्व्यवहार गरेको बताएकी छन् । ग्रेसले पनि सामाजिक सञ्जालमा यस घटनाबारे लेखेकी छिन्, जुन पोष्टलाई सानियाले पनि सेयर गरेकी छिन् । 


सामाजिक सञ्जालमा सानियाको एउटा भिडियो आएको छ, जसमा उनी एक व्यक्तिलाई थप्पड हानेरहेकी देखिन्छिन् । केरला मलले उक्त घटनाको छानबिन गर्न आदेश दिएको छ ।



सुरक्षाकर्मीले भीडलाई सम्हाल्न नसक्दा घट्यो घटना
सानियाले लेखेकी छिन्– ‘म र फिल्मको टोली हाम्रो आगामी फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशन गर्न कोझिकोडस्थित एउटा मलमा पुगेका थियौं । कोझिकोडमा प्रमोशन कार्यक्रमहरू राम्रोसँग चल्यो । हामीलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । घटना भएको दिन मलमा धेरै भीड थियो र सुरक्षाकर्मीले भीडलाई सम्हाल्न सकिरहेका थिएनन् । फर्कने क्रममा केही केटाले मेरो साथीसँग दुर्व्यवहार गरे ।’



अभिनेत्रीले अगाडि लेखेकी छन्– ‘साथीसँग दुर्व्यवहारपछि मसँग पनि त्यस्तै व्यवहार भयो । म छक्क परेँ र मेरो प्रतिक्रिया भिडियोमा देख्न सक्नुहुन्छ । कसैले पनि आफ्नो जीवनमा यस प्रकारको आघातको सामना गर्नु नपरोस् भन्ने म प्रार्थना गर्छु । आशा छ, महिला हिंसामा संलग्न व्यक्तिहरूलाई कारबाही हुनेछ ।’

थप्पडको भिडियो भाइरल

सानियाले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको भिडियो अहिले भाइरल भएको छ । भिडियोमा भीडले उनीहरूलाई घेरेर उनीहरूसँग दुर्व्यवहार गरेपछि एक व्यक्तिलाई थप्पड हानेको देखिन्छ । यो घटना भएको हिलित मल विगतमा पनि यस्तै विवादमा परेको थियो । यस वर्ष अगस्टमा अभिनेता–निर्माता टोभिनो थोमस आफ्नो फिल्म थल्लुमालाको प्रचार गर्न मलमा जाँदा रोकिएपछि विवाद भएको थियो । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।