यौन दुर्व्यवहार भएको भन्दै मलयालम नायिकाले लगाइन युवकलाई थप्पड
केरलामा फिल्म प्रवर्द्धनमा रहेकी मलयालम अभिनेत्री सानिया अय्यप्पन यौन उत्पीडनको सिकार भइन् । सानियाले बुधबार सामाजिक सञ्जालमा यसबारे पोष्ट पनि गरेकी छन् । उनले आफ्नो आगामी फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशनका लागि कोझिकोडको हिलित मल गएको र त्यहाँ उनी लगायत अर्की अभिनेत्री ग्रेस एन्टोनीलाई भीडले दुर्व्यवहार गरेको बताएकी छन् । ग्रेसले पनि सामाजिक सञ्जालमा यस घटनाबारे लेखेकी छिन्, जुन पोष्टलाई सानियाले पनि सेयर गरेकी छिन् ।
सामाजिक सञ्जालमा सानियाको एउटा भिडियो आएको छ, जसमा उनी एक व्यक्तिलाई थप्पड हानेरहेकी देखिन्छिन् । केरला मलले उक्त घटनाको छानबिन गर्न आदेश दिएको छ ।
सुरक्षाकर्मीले भीडलाई सम्हाल्न नसक्दा घट्यो घटना
सानियाले लेखेकी छिन्– ‘म र फिल्मको टोली हाम्रो आगामी फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशन गर्न कोझिकोडस्थित एउटा मलमा पुगेका थियौं । कोझिकोडमा प्रमोशन कार्यक्रमहरू राम्रोसँग चल्यो । हामीलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । घटना भएको दिन मलमा धेरै भीड थियो र सुरक्षाकर्मीले भीडलाई सम्हाल्न सकिरहेका थिएनन् । फर्कने क्रममा केही केटाले मेरो साथीसँग दुर्व्यवहार गरे ।’

अभिनेत्रीले अगाडि लेखेकी छन्– ‘साथीसँग दुर्व्यवहारपछि मसँग पनि त्यस्तै व्यवहार भयो । म छक्क परेँ र मेरो प्रतिक्रिया भिडियोमा देख्न सक्नुहुन्छ । कसैले पनि आफ्नो जीवनमा यस प्रकारको आघातको सामना गर्नु नपरोस् भन्ने म प्रार्थना गर्छु । आशा छ, महिला हिंसामा संलग्न व्यक्तिहरूलाई कारबाही हुनेछ ।’
थप्पडको भिडियो भाइरल
सानियाले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको भिडियो अहिले भाइरल भएको छ । भिडियोमा भीडले उनीहरूलाई घेरेर उनीहरूसँग दुर्व्यवहार गरेपछि एक व्यक्तिलाई थप्पड हानेको देखिन्छ । यो घटना भएको हिलित मल विगतमा पनि यस्तै विवादमा परेको थियो । यस वर्ष अगस्टमा अभिनेता–निर्माता टोभिनो थोमस आफ्नो फिल्म थल्लुमालाको प्रचार गर्न मलमा जाँदा रोकिएपछि विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण