राकेश कार्कीका चार मुक्तक
शनिबार, १५ असोज २०७९, ०८ : ४३
चुनाव आउँदा
चुनाव आउँदा आफै आउँछन्
निकै मीठो भट्याउँछन्
जितेपछि भिडियो र टिभीमा
आफ्नो शान फूर्ति देखाउँछन् ।
रमिता
अब त रमिता देख्नु हुने भो हजुरबाले
धानखेत बारी सबै क्यासिनो हुन थाले
कोही नेताले गर्नु नगर्नु गरेर इज्जत फाले
कोहीले ऐश आरामले चट्ट बोके दाह्री पाले ।
हीरा
जब म हीरा थिएँ
सबै मेरा थिए
कोही चम्चा
कोही बेरा थिए ।
ऐजन ऐजन
म गएँ ऐजन ऐजन
मेरा कोही छैनन्
ती नाता ती साथी
अब मेरा हैनन् ।
राकेश कार्की, हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण