शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरविरुद्ध रोमाको पुनरागमन

आइतबार, १६ असोज २०७९, ०८ : ३५
आइतबार, १६ असोज २०७९

एक गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमाले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको सिरिए ए अन्तरगतको खेलमा रोमा २–१ गोलले विजयी भएको हो ।

खेलको पहिलो हाफमा फेडेरिको डिमार्कियोले इन्टरलाई अग्रता दिलाएका थिए । तर नौ मिनेटपछि नै पाउलो डिबालाले खेल बराबरी गरे । दोस्रो हाफको ७८ औँ मिनेटमा क्रिस स्मालिङले गोल गर्दै रोमाको पुनरागमन पुरा गरे । रोमाले सन् २०१७ को फ्रेबुअरी यता पहिलोपटक इन्टरलाई हराएको हो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । इन्टर भने सातौँ स्थानमा सीमित छ ।

अन्य खेलमा साबिक विजेता एसी मिलानले नाटकीय खेलमा इम्पोलीलाई ३–१ ले हराएको छ । उता शीर्ष स्थानमा रहेको नापोलीले टोरिनोलाई समान ३–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप